काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका छन्।
श्रेष्ठलाई संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन्। नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठको पद तथा गोपनियताको शपथ मंगलबार गरिने भएको छ।
नियुक्ति भएसँगै उनको शपथ मंगलबार दिउँसो १ः४५ बजे श्रेष्ठको शपथ हुने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जनाएका छन् ।
१८ साउनमा बसेको संवैधानिक परिषदको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । अब उनी २०८१ मंसिर २१ सम्म प्रधानन्यायाधीश रहनेछन् ।
सर्वोच्च अदालतको वेवसाइटमा उल्लेख भए अनुसार उनको जन्ममिति २०१६ मंसिर २१ गते हो । ६५ वर्षको उमेर हदका कारण उनले २०८१ मंसिर २१ गते अवकाश पाउनेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया