असार २५, २०८२ बुधबार July 9, 2025

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ६६८ पुग्यो, तीन हजारको रिपोर्ट आउन बाँकी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ६७८ पुगेको छ । मंगलबार कपिलवस्तुमा १७ जना,रुपन्देहीमा ८ जना र नवलपरासी पश्चिममा एकजना नयाँ संक्रमित थपिएका सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएका हुन् ।

मंगलबार कपिलवस्तुमा थपिएका नयाँ संक्रमितहरुमा शिवराज नगरपालिकाका १५ जना तथा बाणगंगा नगरपालिका र महाराजगन्ज नगरपालिकाका एक/एक जना रहेका छन् । १७ जनामा तीनजना महिला हुन् ।

शिवराजको वडा नं. ३ का २० देखि २४ वर्षका पुरुष ३ जना, वडा नं.४ का १८ र ,४२ वर्षका पुरुष २ जना, वडा नं.५ का बर्ष २४ र २८ का दुईजना महिला तथा २१ र ३० वर्षका पुरुष २ जना, वडा नं. ६ की १९ वर्षकी एक महिला, वडा नं. ८ का बर्ष २८ का एक पुरुष, वडा नं. १० का बर्ष १७ का एक पुरुष र वडा नं. ११ का १७,२३,२९ वर्षका पुरुष तीन जना पुरुष रहेका छन् ।

यस्तै बाणगंगा नगरपालिका वडा नं.४ का वर्ष १६ का एक जना पुरुष तथा महाराजगन्ज नगरपालिका वडा नं. १० का बर्ष २८ का पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

मंगलबार दिउँसोको तथ्यांक अनुसार कपिलवस्तुमा ३३४, बाँकेमा १९६, रुपन्देहीमा ६०, दाङमा ४५, बर्दियामा १०, नवलपरासीमा ७, गुल्मीमा ५, पाल्पामा ५, अर्घाखाँचीमा ३ र रुकुम पूर्वमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश ५ मा रोल्पा र प्युठानमा संक्रमित भेटिएका छैनन् । प्रदेशका १२ जिल्लाका क्वारेन्टिनबाट १६ हजार ३०७ जनाको स्वाबको नमूना परीक्षणका लागि प्रयोगशालामा पठाइएकामा तीनहजार बढीको रिपोर्ट आउन बाँकी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत मनबहादुर वलीले बताए ।

प्रदेश ५ का १२ वटै जिल्लाका क्वारेन्टिनमा ४० हजार बढी बसेका छन् । प्रदेश ५ मा कोरोना संक्रमित मध्ये गुल्मी,अर्घाखाँची र बाँकेका एक-एक जना गरी तीनजनाको मृत्यु भएको छ । ५७ जना निको भएर घर फर्केका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार