कार्तिक २८, २०८३ शनिबार November 14, 2026

पिस कोरका २१ स्वयंसेवकले लिए अमेरिकी राजदूत थम्पसनसँग शपथ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः पिस कोरका २१ स्वयंसेवकहरूले नेपालमा आफ्नो दुई वर्षीय सेवाको प्रारम्भमा अमेरिकी राजदूत डिन आर. थम्पसन र पिस कोर-नेपालका देशीय निर्देशक ट्रोइ कफ्रथबाट शपथ ग्रहण गरेका छन् ।

यससँगै यी नयाँ स्वयंसेवकहरू सन् १९६२ यता नेपालमा काम गरिसकेका झन्डै ४ हजार पिस कोर स्वयंसेवकहरूको सङ्ख्यामा जोडिएका छन् । कोभिड-१९ महामारीका कारण भएको विश्‍वव्यापी निष्क्रमणपछि नेपाल आएको यो पहिलो समूह हो । नेपाली र अमेरिकी सरकारबिच ६१ वर्षअघि सन् १९६२ को अगस्ट २४ तारिखमा नेपालमा पिस कोर कार्यक्रमको स्थापना गर्ने सहमतिमा हस्ताक्षर भएको दिनको वर्षगाँठ पनि आजै परेको छ ।

आफू नै पिस कोरका एक संस्थापक कर्मचारीका छोरा एवं एक पूर्व(स्वयंसेवकका पिताका रूपमा मलाई पिस कोरको महत्त्वका साथै स्वयंसेवक र उनीहरूले सेवा गर्ने समुदाय दुवैका जीवन परिवर्तन गर्ने सक्ने यसको क्षमताबारे प्रत्यक्ष रूपमा थाहा छ । नेपालमा मलाई अनगिन्ती मानिसहरूले पिस कोरसम्बद्ध आफ्नो कथा सुनाएका छन् – आफ्ना जीवन वा समुदायमा सकारात्मक परिवर्तन ल्याएका स्वयंसेवकबारे । र सन् १९६२ यता झन्डै ४ हजार स्वयंसेवकहरूले नेपालका विद्यालयमा पढाएर वा कृषिमा काम गरेर सेवा गरिसकेका कारण नेपालीहरूसँग सुनाउन धेरै कथा छन् ।

स्वयंसेवकहरू नेपालमा पुन: आउनु अत्यन्त राम्रो कुरा हो । मैले नवआगन्तुक स्वयंसेवकहरूसँग हालसालै भेट गरेको छु र उनीहरू देशभरका समुदायमा जाँदै गर्दा उनीहरूले कोर्ने कथा सुन्न म उत्सुक रहेको छु,” राजदूत थम्पसनले भन्नुभयो ।

गत जेठ महिनामा नेपाल आइपुगेका यी २१ पिस कोर स्वयंसेवकले आफ्नो सेवाको तयारी स्वरूप काभ्रे जिल्लामा ११ हप्‍ता लामो सघन भाषिक, अन्तरसांस्कृतिक र प्राविधिक प्रशिक्षण पूरा गरेका छन् । यिनलाई गण्डकी तथा वाग्मती प्रदेशका पाँच जिल्लामा खटाइएको छ जहाँ यिनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँगको समन्वयमा सरकारी विद्यालयहरूमा अङ्ग्रेजी पढाउनुका साथै खाद्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी परियोजनाहरूमा काम गर्नेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार