काठमाण्डौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आरोप पत्र दायर गरिएकाहरूमा नापी कार्यालय, ललितपुरका नापी अधिकृत राजन गिरी र तत्कालीन मालपोत अधिकृत अम्बिका प्रसाद नेपालसमेत ७ जना रहेका छन् ।
सरकारी कागजात हेरफेर एवं गलत लिखत तयार गरी भ्रष्टाचार गरेको आरोपमा आयोगले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।
कर्मचारीसँग सेटिङ गरी टिकाथली गा.वि.स. वडा नम्बर ६ को कित्ता नं. १६९९ र १७०१ लाई कित्ताकाट गर्दा नक्सा र फिल्डमा हुँदै नभएको क्षेत्रफल टायल चेक गरी बढी कायम गरेको उनीहरूमाथि अभियोग छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया