कार्तिक २९, २०८३ आइतबार November 15, 2026

देशभरका शिवालयमा साउने सोमबारको व्रत उद्यापन गर्नेको घुइँचो

साउनको सोमबार व्रत गरी पशुपतिनाथलगायत शिवालयमा पूजा, आराधनासहित दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : चन्द्रमास अनुसार श्रावण महिनाको अन्तिम सोमबार आज पशुपति क्षेत्रमा साउने सोमबारको व्रत उद्यापन गर्नेको घुइँचो लागेको छ । सौरमास अनुसार साउन महिनामा अधिकमास परेकाले वर्तालुले व्रत उद्यापन गर्न पाएका थिएनन् ।

पशुपतिनाथलगायत देशभरका शिवालयमा श्रावणभरी व्रत गरेका वर्तालुले आज गोदान र पूर्णपात्र दान गरी उद्यापन गरिरहेका छन् । श्रावण शुक्ल पक्षभर पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा महाशिवरात्रि र तीजको अवसरमा जस्तैगरी भक्तजनका लागि व्यवस्था गरिएको जनाएको छ ।

आज बिहान तीन बजेदेखि नै पशुपतिका चारै ढोका खुला गरिएको कोष, संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो ।

पशुपति क्षेत्रमा आज बिहानैदेखि साउने सोमबारको व्रत गरेका विशेषगरी रातो र हरियो पहिरनमा सजिएका महिला भक्तजनको बढी भीड देखिएको थियो ।

दिउँसोपछि भने पशुपति क्षेत्रमा रहेका ब्राह्मण, पुरोहितसँग गोदान र पूर्णपात्र गराई व्रत उद्यापन गर्नेको भीड लागेको उहाँले बताउनुभयो ।

साउनको सोमबार व्रत गरी पशुपतिनाथलगायत शिवालयमा पूजा, आराधनासहित दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । साउन महिनामा शुद्ध जल ल्याई पशुपतिनाथमा बोलबम यात्रा गरेर जल चढाउने भक्तजनको भीड लाग्ने गर्दछ ।

आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ र भारतीय राजदूतावसामार्फत् आउनुभएका भारतका उच्च सैनिक अधिकारीले पनि आज पशुपतिनाथ मन्दिरमा पूजा, आराधना एवम् दर्शन गर्नुभएको कोषले जनाएको छ ।

राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको थियो ।

यसैगरी देशभरका अन्य ठूला, साना शिवालयमा पनि भक्तजनको भीड लागेको जनाइएको छ ।

साउनको सोमबार व्रत बसी शिवालयमा जान नसक्ने भक्तजनले भने घरमै गोदान र पूर्णपात्रदान गरी व्रत उद्यापन गर्ने व्रत विधि रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार