कार्तिक २८, २०८३ शनिबार November 14, 2026

सोलुखुम्बु दिप्लीघाटको भत्किएको पुल तत्काल पुनःनिर्माण गर्न प्रधानमन्त्रीको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोलुखुम्बुको दिप्लीघाटस्थित दुधकोशी नदीको भत्किएको पुल (बेलीब्रीज) तत्काल पुनःनिर्माण गर्न निर्देशन दिएका छन् ।

लगातारको वर्षाका कारण गत बिहीबार आएको बाढीले दिप्लीघाटको पुल भत्काएको थियो । उक्त पुल तत्काल पुन:निर्माण गर्न प्रधानमन्त्री प्रचण्डले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई निर्देशन दिएका हुन् ।

कोशीपारि जोड्ने पुल भत्किएपछि त्यसको प्रत्यक्ष जनताले भोग्नुपर्ने ध्यानाकर्षण गराउँदै नेकपा (माओवादी केन्द्र), सोलुखुम्बुका अध्यक्षसमेत रहेका थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई नेतृत्वको टोली सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबार पुगेको थियो । उक्त टोलीले ध्यानाकर्षणपत्र बुझाएलगत्तै प्रधानमन्त्री प्रचण्डले मन्त्री ज्वालालाई फोनमार्फत पुल तत्कालै पुन:निर्माण गर्न निर्देशन दिएका हुन् ।

आइतबार मात्रै अध्यक्ष राईकै नेतृत्वमा प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईलगायतको सहभागितामा भत्किएको पुलको स्थलगत निरीक्षण गरिएको थियो । त्यसपछि राई सिधै प्रधानमन्त्री प्रचण्ड भेट्न सिंहदबार आइपुगेका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार