कार्तिक २८, २०८३ शनिबार November 14, 2026

बालकृष्ण खाँण भेट्न केन्द्रीय कारागार पुगे डा. शशांक कोइराला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँग भेट गर्नुभएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई नेता कोइरालाले कारागारमै गएर भेट्नुभएको हो ।

खाँणलाई भेट्न बुधबार बिहान ९:१५ बजे कोइरला केन्द्रीय कारागार सुन्धारा पुग्नुभएको थियो । उहाँसँग थप दुई जना अन्य व्यक्ति पनि रहेको बताइएको छ । खाँण र कोइरालाबीच करिब १५ मिनेट कुराकानी भएको थियो ।

थुनामा रहेका खाँणलाई यसअघि कांग्रेस नेताहरु डा शेखर कोइराला, परराष्ट्रमन्त्री एनपी साउद लगायतका नेताहरुले पनि भेटिसक्नुभएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका लागि खाँण वैशाख २७ गते पक्राउ पर्नुभएको हो । जिल्ला अदालत काठमाडौंको आदेशमा उहाँलाई १ असारमा पुर्पक्षका लागि कारागार पठाइएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार