कार्तिक २८, २०८३ शनिबार November 14, 2026

मुख्यमन्त्री जम्कट्टेल र मन्त्रीहरूबीच कार्ययोजना सम्पादन करार सम्झौता

पुस महिनाभित्र हेटौँडा-काठमाडौँ जोड्ने सडकखण्ड भैँसे-भीमफेदी र फाखेल-हुमानेलाई विशेष प्राथमिकतामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः बागमती प्रदेशको काम कारबाही समयमा र योजनासहित सम्पन्न गराउनका लागि मुख्यमन्त्री र मन्त्रीहरूबीचमा कार्ययोजना सम्पादन करार सम्झौता सम्पन्न भएको छ ।

प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै मन्त्रीहरूलाई करार सम्झौता गराएका हुन्।  मुख्यमन्त्री जम्कट्टेलले प्रदेशका मन्त्रीहरूलाई सम्झौतापत्र टेबलमा राखेर कार्यसम्पादन गर्न निर्देशन दिए।

उनले उपलब्ध जनशक्तिबाट स्तरीय सेवा प्रवाह गर्न पनि सुझाए। उनले भने, ‘अब मन्त्रालयको सेवा सबै जिल्लामा विस्तार गरिनेछ, तब जनतालाई घरघरमा सिंहदरवार भएको महसुस हुनेछ ।’

उनले पुस महिनाभित्र हेटौँडा-काठमाडौँ जोड्ने सडकखण्ड भैँसे-भीमफेदी र फाखेल-हुमानेलाई विशेष प्राथमिकतामा राखिएको जानकारी दिए। यसका साथै उनले सबै मन्त्रालयका सचिवहरूलाई पनि करार सम्झौताअनुरूप कार्यसम्पादन गर्न निर्देशन दिए।

कार्यक्रममा आन्तरिक मामिला तथा योजनामन्त्री गङ्गानारायण श्रेष्ठ, आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा, भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल, सामाजिक विकासमन्त्री कुमारी मोक्तान, स्वास्थ्यमन्त्री, खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री तीर्थबहादुर लामा, वन तथा वातावरणमन्त्री मसिना खड्का, स्वास्थ्यमन्त्री उत्तम जोशीसँग मुख्यमन्त्री जम्कट्टेलले सम्झौता गरेका थिए। अनुपस्थित मन्त्रीहरूलाई पछि सम्झौता गराइने बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार