काठमाडौंः काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका छन् ।
शनिबार राति सामाजिक सञ्जालमा एक सन्देश शेयर गर्दै उनले संघीय सरकारलाई ‘चोर सरकार’ को संज्ञा समेत दिएका छन् । ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु’ उनले लेखेका छन्, ‘याद राख चोर सरकार ।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया