कार्तिक २८, २०८३ शनिबार November 14, 2026

संवादमार्फत सीमा विवाद सुल्झाउँछौँ : परराष्ट्र मन्त्री साउद

वार्ता र कूटनीतिक संवादको माध्यमबाट यो विवाद समाधान गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउदले कूटनीतिक संवादको माध्यमबाट सरकारले छिमेकी देशसँगको सीमा विवाद सुल्झाउने बताउनुभएको छ । नेपाल प्रेस युनियन ओखलढुङ्गा शाखाले आइतबार जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री साउदले यस्तो बताउनुभएको हो ।

चीनले सोमबार जारी गरेको आफ्नो देशको नयाँ नक्सामा नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रलाई नसमेटेको सम्बन्धी विवादलाई सरकारले कसरी समाधान गर्छ भन्ने पत्रकारको प्रश्नमा मन्त्री साउदले वार्ता र कूटनीतिक संवादको माध्यमबाट यो विवाद समाधान गरिने बताउनुभयो ।

परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गरेर नेपालको नक्सालाई छिमेकी तथा अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ भन्ने धारणा सार्वजनिक गरिसकेको समेत उहाँले जानकारी दिनुभयो ।

सन् २०२० मा नेपालको संसद्ले सर्वसम्मतिले पारित गरेको राजनीतिक एवम् प्रशासकीय नक्साप्रति नेपाल स्पष्ट र दृढ रहेको मन्त्री साउदको भनाइ छ । देशको सीमा मामिलालाई वार्ता र कूटनीतिमार्फत समाधान गर्न सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

फरक प्रसङ्गमा मन्त्री साउदले सरकारले छिमेकी तथा अन्तर्राष्ट्रिय राष्ट्रहरुसँगको सम्बन्धलाई थप प्रगाढ बनाउँदै मुलुकमा आर्थिक विकास र समृद्धि हासिल गर्ने काममा लागिरहेको बताउनुभयो ।

सिद्धिचरण नगरपालिकाको नवनिर्मित भवनको उद्घाटनका लागि मन्त्री साउद ओखलढुङ्गा आउनुभएको हो । पत्रकार सम्मेलनमा राज्यव्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा र कोशी प्रदेश सरकारका प्रवक्ता प्रदीपकुमार सुनुवार सहभागी हुनुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार