सुर्खेत । दैलेखमा एकै दिन ११३ जनामा कोरोना पुष्टि भएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुर्खेतस्थित पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालामा भएको परीक्षणमा बिहीबार दैलेखका १ सय १३ र मुगुका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये १ सय ८ जना नारायण नगरपालिकाका र ५ जना नौमुले गाउँपालिकाका रहेका कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यसअघि नारायण नगरपालिका ८७ जना संक्रमित भेटिएका थिए । यो सँगै नारायण नगरपालिकामा संक्रमितको संख्या १९५ पुगेको छ ।
बिहीबार नै भेटिएका मुगुका संक्रमित खत्याड गाउँपालिकाका हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया