कार्तिक २८, २०८३ शनिबार November 14, 2026

अदालतको निष्पक्षतामा शङ्का गर्नु हुँदैन : मन्त्री गुरुङ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले छिटो छरितो न्याय सबैका लागि न्याय नाराका साथ सर्वोच्च अदालतले मुद्दाको शीघ्र फर्छ्यौट गर्ने र मुद्दा व्यवस्थापन पद्धतिमा सुधार गर्न क्रियाशील रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको प्रश्नोत्तर कार्यक्रममा सांसदहरूले उठाउनुभएका प्रश्नको जवाफ दिनुहुँदै मन्त्री गुरुङले न्यायपालिकाको पञ्चवर्षीय रणनीतिक योजनाले जनतालाई सहज एवं छिटो छरितो रुपमा न्याय निरुपण गर्ने कामलाई उच्च प्राथमिकता दिएकाले मुद्दाको चापका बाबजुद पनि मुद्दा फर्छ्यौटलाई अदालतहरूले विशेष प्राथमिकता राखेर काम गरिरहेको बताउनुभयो ।

यसै आर्थिक वर्षको सुरुदेखि नै पाँच वर्ष नाघेका मुद्दा फर्छ्यौट सम्बन्धी विशेष अभियान सञ्चालन गरि पुराना बक्यौता मुद्दा न्यूनीकरण सम्बन्धी विशेष रणनीति र कार्ययोजना कार्यान्वयन भइरहेको पनि मन्त्री गुरुङले बताउनुभयो ।

अदालतले कुनै पनि दबाबमा नभई नियम र कानुनका आधारमा मुद्दाहरूको टुङ्गो लगाउने भएकाले अदालतको निष्पक्षतामा शङ्का गर्न नहुने मन्त्री गुरुङले स्पष्ट पार्नुभयो ।

प्रतिनिधिसभाको प्रश्नोत्तर कालमा कानून मन्त्री गुरुङलाई सांसदहरु दिलेन्द्र बडू र प्रेम सुवालले प्रश्न सोध्नुभएको थियो ।

बैठकमा आफ्नो मन्त्रालय अन्तर्गत सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिनुहुँदै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले विज्ञान र प्रविधिको विकासका लागि चेतनाको अभिवृद्धि गर्ने, अनुसन्धान कोष स्थापना गर्ने लगायतका विषयमा वर्तमान सत्तारुढ गठबन्धन प्रतिबद्ध भई लागिरहेको बताउनुभयो ।

शिक्षा मन्त्री राईले सरकारले शिक्षा, स्वास्थ्य, विकास निर्माण र सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगलाई विस्तार गर्ने र नवप्रवर्तन तथा आविष्कार कोषको स्थापना गर्ने जस्ता नीतिहरू ल्याएको जानकारी दिँदै त्यसको कार्यान्वयनमा पनि जोड दिइएको बताउनुभयो ।

विश्वविधालयको नयाँ विधेयक तर्जुमाको प्रक्रिया अगाडी बढेको भन्नुहुँदै त्यसलाई यथाशीघ्र संसदमा पेस गर्ने गरी सरकारले तयारी गरिरहेको पनि बताउनुभयो ।

प्रतिनिधिसभाको बैठकको प्रश्नोत्तर कालमा शिक्षा मन्त्री राईलाई सांसद प्रेम सुवालले प्रश्न गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार