कार्तिक २८, २०८३ शनिबार November 14, 2026

राष्ट्र बैंकले शेयर कर्जामा लगाएको १२ करोडको सीमाका कारण शेयर बजार प्रभावित : अर्थमन्त्री डा. महत

सरकार शेयर बजारले सहज रूप लिनुपर्छ भन्ने पक्षमा रहेको भन्दै लगानीकर्ताको लगानी डुब्न नदिने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंकले शेयर बजारमा लगाएको १२ करोडको नीतिले परेको प्रभावको विषयमा आवश्यक संवाद भइरहेको बताउनुभएको छ ।

आज बिहीवार बसेको प्रतिनिधिसभामा सांसदहरूसँगको प्रश्नोत्तरको जवाफमा अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । उहाँले लगाताररूपमा शेयर बजारमा आएको गिरावटका विषयमा सरकार जानकार रहेको बताउनुभयो । अर्थमन्त्री महतले राष्ट्र बैंकले शेयर कर्जामा लगाएको १२ करोडको सीमाले शेयर बजार प्रभावित बनाएको दाबी गर्नुभयो । सरकार शेयर बजारले सहज रूप लिनुपर्छ भन्ने पक्षमा रहेको भन्दै लगानीकर्ताको लगानी डुब्न नदिने उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘शेयर बजारमा गिरावट आएको छ । त्यसको विविध कारणहरू छन् । केही कारोबारमा राखिएका प्रतिबन्धले पनि शेयर बजार प्रभावित भएको छ । तथापि यसलाई सहज बनाउन सरकारको तर्फबाट र सँगै राष्ट्र बैंकको नियमनबाट परेको प्रभावका विषयमा हामीले संवाद गरिरहेका छौँ । शेयर कारोबारले सहज रूप लिओस् भन्ने हामी चाहन्छाैँ । लगानीकर्ताको लगानी डुब्न नपाओस् । त्यसप्रति सरकार गम्भीर छ । शेयर बजारलाई पारदर्शी बनाउने, नीतिगत र प्रक्रियागत प्रणालीगत सुधार ल्याउनेतर्फ सरकार गम्भीर छ ।’

अर्थमन्त्री महतले शेयर बजारमा सबैखाले मानिसले हैसियतअनुसार पुँजीका आधारमा लगानी गर्नसक्ने कानुनले छुट दिएको बताउनु भयो । उहाँले शेयर बजारमा शिक्षक, डाक्टर, इन्जिनियरसहित अन्य पेसा व्यवसायमा आबद्धले पनि लगानी गर्नसक्ने उल्लेख गर्नुभयो ।

अर्थमन्त्रीले शेयर बजारमा कोही पनि अनुचितरूपमा प्रवेश नगरून्, इन्साइडर ट्रेडिङ गर्न नपाऊन् र सूचना चुहाएर बजार प्रभावित बनाउन नपाऊन् भन्नेबारेमा सरकारले निगरानी गरिरहेको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार