कार्तिक २८, २०८३ शनिबार November 14, 2026

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बस्नेत र इजिप्टका मन्त्री गफारबीच भेटवार्ता

आगामी दिनमा दुई देशबीच कायम रहिआएको आर्थिक, प्राविधिक तथा जनस्तरको सम्बन्ध थप सुदृढ हुँदै जाने विश्वास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र अरब गणतन्त्र इजिप्टका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा खालेद अब्देल गफारबीच भेटवार्ता भएको छ ।

कायरोको नयाँ प्रशासनिक राजधानीमा भएको भेटवार्तामा उनीहरूबीच नेपाल–इजिप्ट सम्बन्ध र द्विपक्षीय सहयोगका विविध आयामका बारे विचार विमर्श भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

मन्त्री बस्नेत यही भदौ १९ देखि २२ गतेसम्म कायरोमा आयोजना भइरहेको स्वास्थ्य, जनसङ्ख्या तथा विकाससम्बन्धी विश्व सम्मेलन, २०२३ मा भाग लिने सिलसिलामा इजिप्ट भ्रमणमा रहेका छन् । भेटका अवसरमा मन्त्री बस्नेतले स्वास्थ्य तथा जनसङ्ख्या क्षेत्रमा नेपालले हासिल गरेको उपलब्धिको चर्चा गर्दै जारी सम्मेलनले सहभागी मुलुकहरूबीच अनुभव तथा असल अभ्यासको आदानप्रदानका लागि उपयुक्त अवसर प्रदान गरेको उल्लेख गरे ।

इजिप्ट सरकारले चिकित्सा विज्ञानलगायत विषयमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएकामा आभार प्रकट गर्दै उनले आगामी दिनमा दुई देशबीच कायम रहिआएको आर्थिक, प्राविधिक तथा जनस्तरको सम्बन्ध थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गरे ।

इजिप्टका मन्त्री डा.गफारले नेपाल र इजिप्टबीच मैत्रीपूर्ण सहयोगात्मक सम्बन्ध कायम रहिआएको बताउँदै सम्मेलनमा मन्त्री बस्नतेको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको सहभागिताका लागि धन्यवाद ज्ञापन गर्नुभएको दूतावासले जनाएको छ ।

उनले दुवै देशबीच स्वास्थ्य तथा जनसङ्ख्यालगायत विभिन्न क्षेत्रमा सहयोग विस्तारको सम्भावना रहेको बताए । भेटमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटा र इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्साल सहभागी रहेका थिए ।

यसैबीच, मन्त्री बस्नेत बुधबार नेपाली राजदूतावासद्वारा आयोजित कायरोमा रहेका नेपालीसँगको अन्तरक्रियामा सहभागी भए । उक्त अवसरमा उनले नेपाल तथा इजिप्टबीच चिकित्सा तथा कृषि जस्ता क्षेत्रमा सहयोग अभिवृद्धिको प्रशस्त सम्भावना औंल्याए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार