कार्तिक २८, २०८३ शनिबार November 14, 2026

चीनको सीमा क्षेत्र तिंकरमा सशस्त्रको बोर्डर आउट पोष्ट स्थापना

तिंकर बीओपीले सीमा सुरक्षा, सीमा अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः दार्चुलामा चीन सीमा क्षेत्रमा सशस्त्र प्रहरीले बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरी आफ्नो सुरक्षा उपस्थिति जनाएको छ । भारतसँगको सीमामा सुरक्षा उपस्थिति रहेको सशस्त्र प्रहरीले पहिलो पटक चीन सीमामा पनि सुरक्षा उपस्थिति जनाएको हो ।

दार्चुलाको व्याँस गाउँपालिका–१ तिंकरको छ्यालेकमा स्थापना गरिएको बीओपीको शुक्रबार एक कार्यक्रमका बीच सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) बंशीराज दाहाल र दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ ।

कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रको भूगोलमा सशस्त्र प्रहरीको उपस्थिति बढ्दै गएको बताउँदै सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले तिंकर बीओपीले सीमा सुरक्षा, सीमा अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

तिंकरमा स्थापना गरिएको बोर्डर आउट पोष्टको सुरक्षार्थ सशस्त्र प्रहरी निरीक्षक जनक पौडेलको कमाण्डमा २० जनाको टोली खटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति डम्बर बहादुर विष्टले बताउनुभयो ।

भारत र चीन सँग सीमाना जोडिएको दार्चुला जिल्लामा एउटा गण, एउटा गुल्म, ६ ओटा बिओपीबाट सशस्त्र प्रहरीले सुरक्षा गरिरहेको छ भने भारतसँग सीमा जोडिएका ७ ओटा झोलुंगे पुलमा सुरक्षा पोष्ट राखेर निगरानी गरिरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार