काठमाडौंः जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य एवम् मधेश प्रदेश सांसद विन्दु कुमारी यादवको निधन भएको छ । आज बिहान साढे ८ बजे ४४ वर्षीया यादवको निधन भएको हो ।
दुई वर्ष अघिदेखि उनी पाठेघरको मुखको क्यान्सरबाट पीडित थिइन् । उनी १० दिनदेखि प्रादेशिक अस्पताल जनकपुरको आइसियू कक्षमा भर्ना भएर उपचाररत थिइन् ।
प्रादेशिक अस्पताल जनकपुरका निर्देशक एवम स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रामनरेश पण्डितले आज बिहान साढे ८ बजे उनको निधन भएको जानकारी दिए । समानुपातिक सांसद यादव दोस्रो मधेश आन्दोलनमा उनको सक्रिय भूमिका थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया