काठमाण्डाैंः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लबीच भेटवार्ता भएकाे छ । आज बुधवार पार्टीको कार्यालयमा सभापति लामिछाने र पूर्वकप्तान मल्लबीच भेटवार्ता भएको हाे ।

भेटमा पूर्वकप्तान मल्लले आफ्नो खेल जीवनको अनुभव सुनाउनुका साथै नेपाली क्रिकेटको स्तरोन्नति तथा खेलाडीहरूको मनोवृत्ति लगायतका विषयमा छलफल भएकाे थियाे ।
भेटवार्तामा पार्टीका महामन्त्री डा. मुकुल ढकाल र केन्द्रीय सदस्य प्रतिभा रावलको पनि सहभागिता रहेको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया