काठमाडौंः संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक बोलाइएको छ ।
संविधान सभा अध्यक्ष, पूर्वसभामुख एवं वर्तमान प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्न बैठक बोलाइएको हो ।
बैठक बिहीबार दिउँसो २ बजेर ३१ मिनेटका लागि बोलाइएको संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया