असोज १३, २०८० शनिबार September 30, 2023

नेम्वाङको निधनप्रति राष्ट्रिय सभामा शोक प्रस्ताव पारित

राष्ट्रिय सभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शोक प्रस्ताव पारित गरिओस् भन्ने प्रस्ताव सर्वसम्मतरुपमा पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ: राष्ट्रिय सभा बैठकले पूर्व सभामुख, संविधान सभाका अध्यक्ष, प्रतिनिधि सभाका सदस्य सुवास नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शोक प्रस्ताव पारित गरिओस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गरेका थिए। उक्त प्रस्ताव सर्वसम्मतरुपमा पारित भएको थियो। नेम्वाङको निधनमा १ मिनेटसम्म सांसदहरुले उठेर मौन धारणसमेत गरेका थिए ।

नेकपा एमालेका उपाध्यक्ष तथा संसदीइ दलका उपनेतासमेत रहेका नेम्वाङको मंगलबार बिहान हृदयघातका कारण निधन भएको थियो। उनको आजै पशुपति आर्यघाटमा हिन्दू र लिम्बू परम्पराअनुसार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

नेम्वाङको निधनमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको थियो। शोक प्रस्ताव पारित भएसँगै बैठक असोज १२ गते शुक्रबार सम्म स्थगित भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया