असोज १४, २०८० आइतबार October 1, 2023

नेपाल शिक्षक महासंघले असोज तीन गतेदेखि सडक आन्दोलन गर्ने

संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयक २०८० विरुद्ध आन्दोलित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल शिक्षक महासंघले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयक २०८० विरुद्ध आन्दोलन गर्ने भएको छ । महासंघको आज बसेको बैठकले असोज तीन गतेदेखि सडक आन्दोलन गर्ने निर्णय गरेको छ ।

महासंघकी अध्यक्ष कमला तुलाधरले सरकारसँग गरिएको छलफल र सहमति अनुसारको शिक्षा विधेयक संसदमा दर्ता नभएकोले सडक आन्दोलनमा जान बाध्य भएको बताएकी छन् । उनले शिक्षकहरुका धरै मागहरु पुरा नगरी विधेयक संसदमा दर्ता भएको र स्थानीय तहलाई धेरै अधिकार दिएकोले असोज तीन गतेदेखि सदन र सडक दुबै आन्दोलन गर्ने निर्णय भएको बताइन ।

साथै देशभरका शिक्षक कर्मचारी अहिले अत्यन्त आक्रोशित भएको र ट्रेड युनियन अधिकारको पनि सुरक्षा नभएकोले देश भरका शिक्षक काठमाडौंमा जम्मा भएर निर्णायक सडक आन्दोलन गर्ने बताइन ।

नेपाल सरकारले २०८० भाद्र २७ गते विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० संसद सचिवालयमा दर्ता गराएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया