असार २६, २०८२ बिहिबार July 10, 2025

शनिबार बिहानै १७ जनामा कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपालमा शनिबार बिहानै १७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वस्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार कास्की, स्याङ्जा, बागलुङ्ग र पूवी नवलपरासीमा नयाँ १७ जना कोरोना संक्रमित थपिएको हो ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा वालिङ नगरपालिकाका १६, १९, २३, २५, ३२, ४४, ५२ र ५४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । स्याङ्जाकै हरिनास गाउँपालिका १८, र ४० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

यस्तै, वागलुङ्क ताराखोला गाउँपालिकाका ३९ वर्षीय पूरुष, कास्कीको रुपा गाउँपालिकाका २३ र ३२ वर्षीय पूरुष, तथा पोखरा महानगरपालिकाका ५९ वर्षीय पूरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा पूवी नवलपरासीको बिनय त्रिवेणी गाउँपालिकाका १८, १९ र २७ वर्षीय पूरुषमा कोरोना देखिएको छ ।

नयाँ संक्रमित सबैलाई जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले बताएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार
इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता सुनिश्चितको मागसहित प्राध्यापकहरू आन्दोलनमा
२०८२ असार २६, बिहिबार
प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी तीनदिन देखी सम्पर्कविहीन
२०८२ असार २६, बिहिबार