श्रावण १२, २०८१ शनिबार July 27, 2024

सुर्य भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् आजको दैनिक राशिफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८० भाद्र ३१ गते तद्अनुसार सन् २०२३ सेप्टेम्बर १७ तारिख आइतबार भाद्रपद शुक्लपक्षको द्वितीया तिथि ९ः२८ पर तृतीया तिथि हस्ता नक्षत्र ९ः४४ पर चित्रा नक्षत्र ब्रह्मा योग तैतिल करण आनन्दादिमा मानस योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५० मा भयो र सूर्यास्त साँझ १८ः५ बजे हुनेछ । दर खाने दिन ।

आजको राशिफल

मेष – नसोचेको ठाउबाट धन आर्जन हुने समय छ । मित्रजनबाट सहयोगका साथै सुख मिल्नेछ । नोकरीमा प्रशंसनीय कार्य गरिनेछ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । मान–सम्मान र प्रतिष्ठा बढ्नेछ । मान्यजनको आशीर्वाद मिल्नेछ । शत्रुमाथि विजय प्राप्त होला । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । आशा उत्साह बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

वृष – आजको दिन धेरैजसो समय सानातिना घरेलु काममै अल्झनुपर्ला । चिताएको काममा बाधा हुँदा मन खिन्न हुनेछ । कसैसंग झैझगडा हुन सक्छ, सावधान रहनुहोला । कामको बोझले थाकेको महसुस होला । आजको दिन सवारी साधनको प्रयोगमा सचेतता अपनाउनु होला । घरमा परपाहुना र अतिथिको आगमन हुनसक्ने योग छ । प्रेम तथा रसरागमा आकर्षण बढ्नेछ ।

मिथुन – व्यस्तता बढ्नेछ । यात्राको समय छ । धार्मिकस्थल, देवालय आदिको भ्रमण हुन सक्छ । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ, सावधान रहनुहोला । साझेदारीमा असमझदारी बढ्नाले केही समस्या निम्तन सक्छ । अनावश्यक साइनो गाँस्नेहरूसँग आजको दिन विशेष सावधान रहनुहोला । रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – नसोचेका समस्या देखिन सक्ने समय छ । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नु हितकर होला । नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ । स्वास्थ्य कमजोर बन्न सक्छ, सावधानी अपनाउनुहोला । सभासम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । पराक्रम बढ्नेछ । रसरागमा आकर्षण रहला बढ्नेछ । पारिवारिक सुख मिल्नेछ ।

सिंह – सुखद समाचार सुन्नुका साथै विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने योग छ । समाजसेवामा मन जाला । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । नयाँ काममा हात हाल्नु लाभदायी होला । रचनात्मकता बढ्नेछ । रसरागको भाव वृद्धि होला । पारिवारिक सुखशान्ति बढ्नेछ ।

कन्या – आजको दिन काममा जाँगर नचल्ला । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ, होसियार रहनुहोला । स्वास्थ्य अनुकुल नरहनाले पढाइलेखाइमा पनि समय दिन नसकिएला । सवारी चलाउदा आज विशेष सावधानी अपनाउनुहोला । नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला । तथापि, यात्रामा सफल रहने र आफन्तको साथ प्राप्त हुने समय छ ।

तुला – लगानी वृद्धि हुनेछ । कार्य व्यपारमा सफलता प्राप्त होला । विद्या, बौद्धिक क्षेत्रमा पनि सफलता मिल्नेछ । आकस्मिक धनलाभको योग छ । केही खर्च भए पनि दानपुण्य र भेटघाटमा खर्च हुनाले मानसिक सन्तुष्टि मिल्ने दिन छ । सन्तानबाट सन्तोष प्राप्त होला । विलासी काममा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – अप्ठ्यारा चुनौतीहरूलाई पन्छाउन सकिने समय छ । आर्थिक पक्ष सबल बन्नेछ । उद्योग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ । श्रमको उचित मूल्याङ्कन हुनेछ, तर आज नचिताएको काममा खर्च हुने योग रहेकोले सावधान रहनुहोला । कर्मबल बढ्नेछ । रोग र शत्रुलाई परास्त गर्ने क्षमता वृद्धि होला ।

धनु – सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्ला । जग्गाजमिनको कारोबार गर्दा असल हुने समय छ । आज पढाइलेखाइमा राम्रो हुनेछ भने सोचेका काम सजिलैसँग पूरा गर्न सकिनेछ । दैनिक कार्यमा भने ढिलासुस्ती वा उल्झन ब्यहोर्नुपर्ला, सचेत रहनुहोला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने समय छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहला । रोकिएका अधुरा कामहरु पुरा हुनेछन् भने समस्याको हल हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ । आयस्रोत बढ्ला ।

कुम्भ – साथीभाइसित अचानक भेटघाट हुने र आकस्मिक लाभ मिल्ने समय छ । तथापि, काममा जोखिम र खर्च बढ्ने योग छ । सोचेअनुरुप काम नहुने र दिएको पैसा पनि फिर्ता नहुने सम्भावना रहेकोले कारोवारमा विशेष सावधानी अपनाउनु होला । स्वास्थ्यमा समस्या आउन सक्छ । रचनात्मक कार्य बन्नेछ ।

मीन – लामो समयदेखि रोकिएका काम बन्दै जानेछन् । धनको प्राप्ति होला । मेहनतले पुरस्कार तथा विभिन्न उपहार दिलाउन सक्छ । साथीभाइका साथ रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । अतिथिका रूपमा सम्मानसमेत प्राप्त होला । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । दाम्पत्य सुख बढ्नेछ । आरोग्यबल बढ्ला । समस्याको समाधान मिल्नेछ । ✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार