असार २६, २०८२ बिहिबार July 10, 2025

कोरोना विशेष अस्थायी अस्पताल भर्ना भएका २७ जना पीसीआर परीक्षणविनै डिस्चार्ज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बुटवल । कोरोना संक्रमण देखिएपछि बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका २७ जनालाई पीसीआर परीक्षणविनै घर पठाइएको छ । डिस्चार्ज गरिएकाहरु रुपन्देहीका १८ र कपिलवस्तुका ९ जना छन् ।

१४ दिन आइसोलेसनमा बसेपछि लगातार दुईपटक पीसीआर परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएपछि मात्रै अस्पतालबाट डिस्चार्ज गर्ने गरिएकामा त्यसो नगरी घर पठाइएको हो । ‘स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिका अनुसार कोरोनासँग मिल्दो लक्षण नदेखिएकाले डिस्चार्ज गरेका हौं,’ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रवक्ता डा. विष्णु गौतमले भने, ‘जेठ २० गते जारी गरिएको निर्देशिका अनुरुप पीसीआर परीक्षण नगरी घर पठाइएको हो ।’

यसअघि संक्रमितलाई डिस्चार्ज गर्दा सञ्चारकर्मीहरुलाई खबर गरेर प्रचार गर्ने गरिए पनि यसपटक भने अस्पतालले ‘सुटुक्क’ डिस्चार्ज गरेको छ । घर पठाइएकालाई स्थानीय तहका स्वास्थ्य केन्द्रले निगरानी गर्ने भएकाले यसलाई अन्यथा लिन नहुने डा. गौतमले बताएका छन ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले लक्षण देखिएका संक्रमितलाई मात्रै अस्पतालमा राख्ने नीति अघि सारेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार
इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता सुनिश्चितको मागसहित प्राध्यापकहरू आन्दोलनमा
२०८२ असार २६, बिहिबार