असार ३०, २०८१ आइतबार July 14, 2024

पश्चिम तराइका जिल्लामा धुमधामका साथ अट्वारी पर्व मनाइँदै

अट्वारी पर्व मनाउन लुम्बिनी प्रदेश सरकारले थारू समुदायलाई सार्वजनिक बिदा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरसहित नेपालका थारू समुदायको बाहुल्यता रहेका जिल्लामा आइतबार धुमधामका साथ अट्वारी पर्व मनाइँदैछ। यस पर्वमा दाजुभाइले दिदीबहिनीको रक्षाको कामना गर्दै पानीसमेत नपिएर दिनभर निर्जल, निराहर ब्रत बस्ने गर्दछन्।

महत्त्वका साथ मनाइने पर्वमा लुम्बिनी प्रदेश सरकारले थारू समुदायलाई आज सार्वजनिक बिदासमेत दिएको छ। द्वापर युग र दंगिशरण राजासँग अट्वारी पर्वको सम्बन्ध रहेको धार्मिक विश्वास छ।

पाँच पाण्डवमध्येका माहिला भाइ भीमले थारू समुदायका एक जना छोरीलाई उनीमाथि भइरहेको अत्याचारबाट मुक्त गरेको स्मरणमा आइतबार दिनभरि भीमको नाममा ब्रत बस्ने र पूजाआजा गर्ने चलन रहेको छ। यस्तै, भीमले थारू राजा दंगिशरणलाई युद्धमा सहयोग गरेका कारण उनको पूजाआजा, ब्रत बस्ने चलन रहिआएको छ।

दंगिशरण राजाले शत्रुमाथि विजय प्राप्त गरेकाले सोही दिनदेखि हरेक वर्ष भीमको पूजाआजा गर्ने चलन चलेको थारू समुदायको विश्वास छ। अट्वारी पर्व थारु समुदायको दसैंपछिको ठूलो चार्ड भएकाले यसको महत्व धेरै रहेको थारु संस्कृतीका ज्ञाता शेरबहादुर चौधरीले बताए। ‘यो आफ्नो चेलिबेटीसंग पनि जोडिएको, सूर्यको उपाशक देविदेवता संग पनि जोडिएको, भीम जस्ता बलवान पराक्रमी संग जोडिएको पर्व अट्वारी हो’ चौधरीले भने,’यो थारु समुदायको दोस्रो ठूलो चार्ड हो।’

अट्वारी पर्वमा दाजुभाइले दिदीबहिनीको रक्षाको कामना गर्दै पानी समेत नपिएर दिनभर निर्जल, निराहर ब्रत बस्ने गर्दछन्। ब्रत बसेका बर्तालुहरुले फलफूललगायतका पकवान खानुपूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग राख्ने प्रचलन छ। त्यसरी छुट्याएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीको रूपमा उपहार दिने गरिन्छ अट्वारीको दोस्रो दिन अर्थात् सोमबार तामासहितका तरकारी र सात प्रकारको विभिन्न परिकार तयार गरी ब्रतालुहरूले नुहाइधुवाइ पूजापाठ गर्ने गर्छन्। तर, पछिल्लो समय यी र यस्ता संस्कृतीहरु लोप हुने अवस्थामा छन्। ‘हाम्रो भाषा, संस्कृती हराउन थालेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया