असार २८, २०८१ शुक्रबार July 12, 2024

चिकित्सक संघ र सरकारबीच ६ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता (पूर्णपाठ)

घटनामा संलग्न भएको आरोपमा पक्राउ पुर्जी जारी भएका अन्य पाँच जनालाई पक्राउ गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल चिकित्सक संघ र सरकारबीच ६ बुँदे सहमति भएको छ। यो सहमतिसँगै संघले सार्वजनिक गरेका आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ।

सहमतिमा उक्त घटनामा संलग्नलाई स्वास्थ्यसंस्था तथा स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी ऐनअनुसार कारबाही गर्ने, घटनामा संलग्न भएको आरोपमा पक्राउ पुर्जी जारी भएका अन्य पाँच जनालाई पक्राउ गर्ने लगाएत उल्लेख छ।
हेटौंडास्तिथ सञ्चो अस्पतालमा कार्यरत चिकित्सकमाथि हातपात भएको विरोधमा स‌ंघले देशभर आकस्मिक बाहेकका सेवा ठप्प पारेको थियो।

घटनामा संलग्न ४ जना यसअघि नै पक्राउ परेका छन् भने पाँच जनालाई पक्राउ पुर्जी जारी भएको छ।

भदौ २७ गते हेटौंडाको सन्चो अस्पतालका डा विकास थापा र डा प्रशान्त बिडारीमाथि अस्पतालमा बिरामीको उपचारमा खटिएकै समयमा कुटपिट भएको थियो।

यस्तो छ सहमतिको पूर्णपाठः

6 bude1694957230.jpg6 bude hastachar1694957696.jpg

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया