श्रावण १२, २०८१ शनिबार July 27, 2024

राष्ट्रपति पौडेलद्वारा स्व नेम्वाङका परिवारजनमा समवेदना व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको यही भदौ २६ गते भएको असामयिक निधनले मुलुकले लोकतान्त्रिक गणतन्त्रलाई हृदयदेखिनै आत्मसात गरेको एउटा असल नेता गुमाएको बताउनुभएको छ ।

राष्ट्रपति पौडेलले आज एक समवेदना सन्देश स्व नेम्वाङका परिवारजनलाई पठाउँदै नेपालको राजनीति र कानूनी क्षेत्रमा उत्तिकै दक्खल राख्नुहुने उहाँ खासगरी राष्ट्रिय राजनीतिका सङ्कटपूर्ण घडीहरूमा समन्वयकारी भूमिका निर्वाह गर्न हरदम तयार हुने नेता भएको उल्लेख गर्नुभएको छ ।

“जुनसुकै पद र भूमिकामा रहँदा पनि समन्वयकारी, स्वच्छ र इमानदार छविका नेम्वाङले खासगरी सभामुख र संविधानसभाको अध्यक्षका रूपमा नेपाली जनताले लामो समयदेखि प्रतीक्षा गरेको संविधानसभाबाटै संविधान बनाउने र नेपालको संविधान जारी गर्ने बेलामा निर्वाह गर्नुभएको भूमिका नेपाल र नेपाली जनताले कहिल्यै बिर्सने छैनन् । नेपाली राजनीतिका कैयन उतारचढावका क्षणमा मैले नेम्वाङलाई शालीन र समन्वयकारी नेताका रूपमा मात्र होइन अन्य नेताहरूलाई सही र सत्मार्गमा डो¥याउन सक्ने एउटा असल नेताको छविको रूपमा पाएको थिएँ”, समवेदना सन्देशमा भनिएको छ ।

राष्ट्रपति पौडेलले लोकतन्त्र स्थापनाका सङ्घर्षहरू, संविधान निर्माण र संसदीय क्षेत्रमा सँगसँगै काम गर्ने सन्दर्भमा उहाँसँग भएका सहकार्यहरू आफ्नो स्मृतिमा सदैव ताजै रहने उल्लेख गर्नुभएको छ ।

उहाँले नेम्वाङको आत्माको चिरशान्तिको कामनासहित श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त परिवारजन, गणतन्त्र पक्षधर, नेकपा (एमाले) पार्टी र शुभेच्छुकहरूमा समवेदना प्रकट गर्नुभएको छ । राष्ट्रपति पौडेलेको सो समवेदना सन्देश लिएर उहाँका सुपुत्रीद्वय शर्मिला र अवज्ञा पौडेल, विज्ञ र सल्लाहकार स्व नेम्वाङको घर पुग्नुभएको थियो भने सन्देश परिवारजनलाई हस्तान्तरण गरिएको थियो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार