असोज १४, २०८० आइतबार October 1, 2023

प्रधानमन्त्री दाहाल र यूएनका महासचिव गुटेरेसबीच भेटवार्ता

यूएनको मुख्यालयमा पुगेर दाहालले गुटेरेसलाई भेटे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रधानमन्त्री दाहाल र यूएनका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाण्डौंः प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्र संघ (यूएन) का महासचिव एन्टोनियो गुटेरेसलाई आइतबार बेलुकी भेटेका छन् । यूएनको मुख्यालयमा पुगेर दाहालले गुटेरेसलाई भेटेका हुन् ।

त्यस अवसरमा नेपाल र यूएनबीचको सम्बन्ध, यूएनमा नेपालको भूमिकालगायत विषयमा कुराकानी भएको थियो । भेटमा नेपालको शान्ति प्रक्रियाको बाँकी काम, जलवायु परिवर्तन, एलडीसी, विकास, आपसी सहकार्य र साझेदारीलगायतका विषयमा समेत छलफल भएको जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया