असोज १४, २०८० आइतबार October 1, 2023

नुवाकोटको पृथ्वी मावि बन्यो बागमती प्रदेशकै दोस्रो उत्कृष्ट विद्यालय

एसइई २०७९ को नतिजामा जिल्लाकै प्रथम भएको पृथ्वी मावि एक बर्षमै प्रदेशको दोस्रो अव्बल सावित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नुवाकोट जिल्लाको सदरमुकाम विदुरमा रहेको सामुदायिक विद्यालय पृथ्वी माध्यामिक विद्यालय बागमती प्रदेश अन्तर्गतका सामुदायिक विद्यालयहरु मध्ये दोस्रो उत्कृष्ट विद्यालय बन्न सफल भएको छ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले बागमती प्रदेश भित्रका १३ जिल्लाका झण्डै २ हजार सामुदायिक विद्यालयहरुको २०७९ को एसइई परीक्षाको नतिजालाई आधार मानेर मुल्याङ्कन गरेको थियो ।

सो आधारमा पृथ्वी मावि बागमती प्रदेशभरिको दोस्रो उत्कृष्ट विद्यालयका रुपमा मुल्याङ्कन गरिएको छ । यस्तै उक्त नतिजा अनुसार सामुदायिक तर्फ मेधा मावि तेखापुखु भक्तपुर प्रथम, श्रम राष्ट्रिय मावि कुमारीगाल काठमाडौं तृतीय, पृथ्वीनारायण मावि तारकेश्वर काठमाडौँ चौथो र बलम्बु मावि बलम्बु काठमाडौं पाँचौं भएका छन् ।

उत्कृष्ट पाँचमध्ये उपत्यका बाहिरको पृथ्वी मावि मात्र रहेको छ । विद्यालयले उत्कृष्ट मध्ये दोस्रो नतिजा पाप्त गरेसँगै विद्यालयका प्रधानाध्यापक बाबुराम लामिछानेले यो उपलब्धिलाई अब सिङ्गो नुवाकोटले आफ्नो पुँजी मानेर गर्व गनुपर्ने उल्लेख गरेका छन् ।

प्रधानाध्यापक लामिछानेले आफ्नो समाजिक सञ्जाल फेसबुक मार्फत बधाई दिनेहरूले पनि नुवाकोटलाई बधाई दिनुपर्ने समेत बताएका छन् । एसइई २०७९ को नतिजामा पृथ्वी मावि जिल्लाकै प्रथम भएको थियो । उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमध्ये कृष्मा श्रेष्ठ र बन्दना पुडासैनीले ३.९५ जिपिए ल्याउन सफल भएका थिए । यस्तै अन्य विद्यार्थीहरुले पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएका थिए ।

संस्थागत विद्यालयतर्फ रिलाइन इन्टरनेशलन एकेडेमी प्रथम, ह्वाइटकिड स्कुल बालुटार द्धितिय र प्लोरोसेन्ट स्कुल गोंगबु त्रितिय बनेका छन् । असोज २ गते भोली मन्त्रालयमा आयोजित एक समारोहकाबीच नगद र प्रसंशापत्र प्रदान गर्ने जारी गरेको पत्रमा उल्लेख गरिएको छ । ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया