असोज १४, २०८० आइतबार October 1, 2023

देशभरका एक लाख शिक्षकले भोली शिक्षा विधेयकको बिरोधमा काठमाण्डौंमा शक्ति प्रदर्शन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः देशभरका शिक्षकले विद्यालयमा पठनपाठन बन्द गरेर भोलि बुधबारदेखि आन्दोलनको तयारी गरेका छन् ।

सङ्घीय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा देशभरका १ लाख जना शिक्षक भोलिदेखि काठमाडौं आएर आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी छ ।

विधेयकमा शिक्षकलाई पालिका तहमा राख्ने विषयमा उनीहरुको सबैभन्दा ठूलो विरोध रहेको छ । विधेयक शिक्षकहरूको हकहित विपरीत भएको भन्दै महासङ्घले आन्दोलनको घोषणा गरेको हो ।

ठाउँ ठाउँमा विद्लय नै सूचना निकालेर भोलिदेखि पढाइ प्रभावित हुन सक्ने जनाइसकेका छन् । यसैबीच, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय बन्द र आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन शिक्षकहरूलाई आग्रह गरेको छ ।

मन्त्रालयका सहसचिव भगवान् अर्यालले सोमबार राति विज्ञप्ति निकालेर आज मङ्गलवार दिउँसो ३ बजे मन्त्रालयमा हुने वार्तामा आउन शिक्षकहरूलाई आग्रह गरेका हुन् । विधेयकलाई अन्तिम रुप दिनुअघि दाधिकारीसँग विभिन्न चरणमा छलफल भएको र महासङ्घले पेस गरेका विद्यालय शिक्षक तथा कर्मचारीको पेसागत हकहितसँग सम्बन्धित सुझावहरूलाई यथाशक्य विधेयकमा समावेश गरिएको विज्ञप्तिमा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया