श्रावण १२, २०८१ शनिबार July 27, 2024

कार्यबाहक प्रधानमन्त्री खड्कासँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

प्रधानमन्त्रीबाट आगामी साता हुने चीन भ्रमणलाई सरकारले उच्च प्राथमिकतामा राखेको र भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउने विश्वास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कार्यबाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चेन सोङ्गले शिष्टाचार भेटघाट गरेका छन्।

मन्त्रालयमा आज भएको भेटघाटका क्रममा कार्यबाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री खड्काले नेपाल र चीनबीच सदियौं पुरानो दुई पक्षीय सुमधुर सम्बन्ध रहेको बताए। उनले नेपाल एक चीन नीतिप्रति सदैव दृढ रहेको र नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरे।

नेपालको आर्थिक एवम् पूर्वाधार विकासमा चीनले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्दै कार्यबाहक प्रधानमन्त्री खड्काले प्रधानमन्त्रीबाट आगामी साता हुने चीन भ्रमणलाई सरकारले उच्च प्राथमिकतामा राखेको र भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।

उनले नेपाली सेनाको क्षमता अभिवृद्धिमा चीनले पुर्‍याउँदै आएको सहयोगका लागि चीन सरकारलाई धन्यवाद व्यक्त गरे। राजदूत चेन सोङ्गले नेपालका प्रधानमन्त्रीको आसन्न भ्रमणलाई चीन सरकारले उच्च प्राथमिकता दिएको बताए।

साथै, दुई देशबीच उच्च स्तरीय भ्रमण निरन्तर हुनुपर्ने कुरामा जोड दिँदै चीनको Xizang Autonomous Region (XAR) को Linzhi सहरमा आगामी अक्टोबर ४-६, २०२३ सम्म हुने The Third Trans-Himalayan Forum for International Cooperation कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीको सहभागिताका लागि चिनियाँ परराष्ट्र मन्त्रालयको तर्फबाट पठाएको निमन्त्रणा समेत हस्तान्तरण गरे।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार