असार ५, २०८१ बुधबार June 19, 2024

आन्दोलनरत शिक्षकलाई वार्तामा आउन शिक्षामन्त्रीको आह्वान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले आन्दोलनमा उत्रिएका शिक्षकलाई वार्तामा आउन आह्वान गरेका छन् ।

प्रस्तावित शिक्षाा विधेयकप्रति विरोध जनाउँदै आन्दोलनमा उत्रिएका शिक्षकलाई वार्तामा आउन मन्त्री राईले आह्वान गरेका हुन् । मंगलबार राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा शिक्षामन्त्री राईले आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्न प्रयत्न भइरहेको जनाउँदै वार्तामा आउन आह्वान गरेका हुन् ।

ऐन कानुनविना लोकतन्त्रको अभ्यास नहुने भन्दै संविधानको कार्यान्वयनका लागि शिक्षा ऐन पारित हुनुपर्ने जिकीर गर्दै उनले वार्तामार्फत समस्या समाधान गरिने बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया