कार्तिक २८, २०८३ शनिबार November 14, 2026

सुरक्षा व्यवस्था सुद्धिढ बनाउन प्रहरीको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री कार्की

पर्याप्त कानुन नहुँदा नेपाल प्रहरी र सशस्त्र  प्रहरीका लागि प्रदेश सरकारले आवश्यक काम गर्न सकिएन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कोशी प्रदेशका मुख्यमन्त्री  हिकमतकुमार कार्कीले सबै प्रकारको सुरक्षा व्यवस्था सुद्धिढ बनाउन  नेपाल प्रहरी र सशस्त्र प्रहरीको भूमिका  महत्त्वपूर्ण रहेको  बताउनु भएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनमा  विराटनगरमा आज नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई विपद्का सामान हस्तान्तरण कार्यक्रममा बाेल्नुहुँदै   उहाँले पर्याप्त कानुन नहुँदा नेपाल प्रहरी र सशस्त्र  प्रहरीका लागि प्रदेश सरकारले आवश्यक काम गर्न नसकिरहेको  बताउनुभयो ।

सीमित साधन श्रोतका बाबजुदपनि नेपाल प्रहरी र  सशस्त्र  प्रहरीले गरिरहेको कामको सराहना  गर्दै मुख्यमन्त्री कार्कीले कहिदिनमा कोशी प्रदेशको बजेट पास हुने र सो  बजेट  थप गरेर भएपनि  प्रहरीका लागि प्रदेश सरकारले  सहयोग गर्ने  बताउनुभयो ।

प्रदेशमा सुरक्षा प्रबन्धका लागि आवश्यक पूर्वाधार  निमार्ण तथा ट्राफिक व्यवस्थापनका  लागि प्रदेश सरकार सहकार्य गर्न तयार रहेको उहाँको भनाई  थियो ।

सुरक्षाका लागि विगतमा पनि प्रदेश सरकारले पूर्वाधार  निमार्ण देखि सवारी साधन  उपलब्ध गराउने  विषयमा नेपाल प्रहरीलाई हर प्रकारको सहयोग  गरेको उल्लेख गर्दै आगामी  दिनमा पनि त्यस प्रकारको सहयोग गरिरहने  उहाँले बताउनुभयो ।   सशस्त्र प्रहरीले २०७२ सालको भूकम्प  र कोरोनाको समयमा निर्वाह गरेको भूमिकाको समेत उहाँले प्रशंसा गर्नुभयो ।

कार्यक्रममा  मुख्यमन्त्री कार्कीले नेपाल प्रहरी कोशी प्रदेश विराटनगर प्रमुख राजेशनाथ बास्तोला तथा सशस्त्र  प्रहरीवल न १ बराहा वाहिनी  पकलीको प्रमुख  अन्जनीकुमार पोखरेललेलाई विपद् व्यवस्थापन सम्बन्धी ड्रोन क्यामरा सहित ३८ प्रकारका विभिन्न  सामान हस्तान्तरण गर्नु भएको थियो ।  प्रदेश सरकारले उपलब्ध गराएको  सामानले  विपद्  व्यवस्थापनमा सहज हुने प्रहरी प्रमुखको भनाई छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार