मंसिर २५, २०८० सोमबार December 11, 2023

सर्लाहीको मलङ्गवा नगर क्षेत्रमा अर्को आदेश नहुन्जेलसम्म कर्फ्यु आदेश जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जिल्ला प्रशासन कार्यालय सर्लाहीले मलङ्गवा नगर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।

बिहिबार राति मूर्ति सेलाउने क्रममा भएको विवादसम्बन्धी विषयलाई लिएर साविक मलङ्गवा नगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी, ढुङ्गामुढा प्रहार, उच्छृङ्खल गतिविधि लगायत विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने जोखिमलाई मध्यनजर गरी कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासनले जनाएको छ।

पुरानो मलङ्गवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्टरबाबा पेट्रोल पम्प) सीमा क्षेत्रभित्र कसैले आवतजावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिँडडुल गर्न एव अरु कुनै प्रकारको उच्छृङल गतिविधि गर्न नपाउने गरी बिहीबार राति १० बजेदेखि अर्को आदेश वा व्यवस्था नहुन्जेलसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया