२५ जेठ, बर्दिया। बर्दियाका प्रमुख जिल्ला अधिकारीका सवारी चालकलाई कोरोना संक्रमण पुष्टि भएको छ।
भेरी अस्पताल, नेपालगञ्जमा गरिएको पीसीआर परीक्षणमा ५५ वर्षीय चालकमा हिजो, २४ जेठमा कोभिड(१९ पोजिटिभ देखिएको हो। उनी दुई दिनअघि सरुवा भएका प्रजिअ प्रेमलाल लामिछानेलाई काठमाडौं पुर्याएर नयाँ प्रजिअ लीलाधर अधिकारीलाई लिएर आएका थिए।
सरुवा भएका प्रजिअ लामिछानेको पिसिआर नेगेटिभ देखिएको प्रशासकीय अधिकृत बालकृष्ण अधिकारीले बताए। चालकलाई गुलरियास्थित जिल्ला समन्वयको सभाकक्षको आइसोलेसनमा राखिएको छ ।
यहाँ थप १९ जनाको स्वाब संकलन गरिएको छ। जिल्ला प्रशासन कार्यालयका सबैलाई सेल्फ क्वारेन्टाइनमा राखी कार्यालयको आन्तरिक काम गरिने तर कार्यालय बन्द नगरिने प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए। रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया