मंसिर २५, २०८० सोमबार December 11, 2023

राष्ट्रपति रामचन्द्र पौडेल आज गृह जिल्ला तनहुँ जाँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रपति रामचन्द्र पौडेल आज गृह जिल्ला जाँदैछन् । राष्ट्रपतिमा निर्वाचित भएको करिब साढे छ महिनापछि राष्ट्रपति पौडेल पहिलो पटक गृह जिल्ला जान लागेका हुन् ।

उनी व्यास नगरपालिका ३ दमौलीस्थित दमौली सभा हलको उद्घाटन गर्न तनहुँको दमौली जान लागेका हुन् । राष्ट्रपति पौडेलले अहिले बिहान तनहुँको भानु नगरपालिका– १३ स्थित मिर्लुङमा रहेको भँगेरथानमा पूजा गर्ने कार्यक्रम छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया