कार्तिक २८, २०८३ शनिबार November 14, 2026

कोशी प्रदेशको मन्त्रीमण्डल विस्तार (सूचीसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मौजुदा मन्त्रिमण्डल विस्तार गर्नुभएको छ ।मुख्यमन्त्री कार्कीले दुई मन्त्री तथा दुई राज्यमन्त्री सहित मन्त्रिमण्डल विस्तार गर्नुभएको हो ।

नवनियुक्त मन्त्रीहरूमा आन्तरिक मामिला तथा कानून मन्त्री लीलाबल्लभ अधिकारी, खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्री बुद्धि कुमार राजभण्डारी रहनुभएको छ भने उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीमा रामप्रसाद महतो र आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा निरन राई रहनुभएको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिमण्डल विस्तार गरिएको हो ।

विराटनगर स्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथ ग्रहण समारोहमा नवनियुक्त मन्त्रीहरूलाई कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ्ग र राज्यमन्त्रीहरूलाई कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पद तथा गोपनीयताको सपथ गराउनुभएको थियो ।

दुई मन्त्री र दुई राज्यमन्त्री सहित कोशी प्रदेशमा मन्त्रीमण्डलको सङ्ख्या ९ पुगेको छ ।यसअघि कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले भदौ २२ गते मन्त्रिमण्डल विस्तार गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार