असार २२, २०८२ आइतबार July 6, 2025

सरकार र राहत शिक्षकहरुबीच शिक्षा मन्त्रालयमा भोलि वार्ता हुने

आन्दोलनरत पक्ष र महासङ्घसँग अनौपचारिक वार्ता गरेर भोली सहमति गर्न तयार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आन्दोलनरत राहत शिक्षक र शिक्षा मन्त्रालयबिच भोलि बार्ता हुने भएको छ । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा असोज १२ गते ११ बजे मन्त्रालयमा वार्ता हुने मन्त्रालय स्रोतले जनाएको छ ।

राहत शिक्षकहरूका असहमतिहरूलाई वार्ताबाटै निकास निकाल्नु पर्ने भन्दै नेपाल शिक्षक महासङ्घ र शिक्षा मन्त्रालय पटकपटक छलफलमा बसे पछि वार्ता गर्ने तयारी थालिएको स्रोतको भनाइ छ ।

मन्त्रालय स्रोतका अनुसार आज आन्दोलनरत पक्ष र महासङ्घसँग अनौपचारिक वार्ता गरेर करिब विषय वस्तु टुङ्गिएको र भोलि त्यसलाई औपचारिक रूपमा बसेर सहमति गर्ने तयारी भएको जनाएको छ । साथै अनौपचारिक छलफलपछि आज मन्त्रालयले वार्तामा आएर छलफल गर्न पत्र पठाएको जनाएको छ । स्रोतले भन्यो ‘आजको छलफलबाट निकास निस्किएको छ । उहाँहरूका छरिएर आएका मागहरू थिए । त्यसलाई भोलिबसेर सहमति गर्ने तयारी भएको छ । त्यसैले आज पत्रपनि पठाएका छौँ, सायद भोलि टुंगिन्छ ।’

शिक्षा मन्त्रालयले नेपाल शिक्षक महासङ्घको नेतृत्वमा वार्तामा आउन आग्रह गरेपनि राहत शिक्षक लगायत आन्दोलनरत शिक्षकहरूले अस्वीकार गर्दै आएका थिए । नेपाल शिक्षक महासङ्घको असोज ५ गते सरकारसँग ६ बुँदे सम्झौता भएपछि नेपाल राहत शिक्षक केन्द्रीय समितिले महासङ्घले धोका दिएको भन्दै सडक आन्दोलन गर्दै आएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार