जेठ ५, २०८१ शनिबार May 18, 2024

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण ऐतिहासिक : परराष्ट्रमन्त्री, एनपी साउद (अन्तवार्ता)

नेपालमा उत्पादित निर्यातयोग्य वस्तुलाई  चीन निर्यात गर्दा कर छुट दिने विषयमा पनि सहमति भई समझदारी पत्र बनेको छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा नेपाली टोलीले चीनको एक हप्ते औपचारिक  भ्रमण गरेको छ । मुख्य गरी चीनका राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री लि छ्याङसँगको भेटवार्ता र चीनसँग १३ वटा सम्झौता भएका छन् । समग्रमा यो भ्रमण कति सफल रह्यो ?

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण नेपाल चीन सम्बन्धका दृष्टिले ऐतिहासिक रहेको छ । चीनको हाङ्जौमा आयोजिते १९औँ एसियाली खेलकुदको चीनका महामहिम राष्ट्रपतिद्वारा गरिएको उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्डलाई आमन्त्रण गरिएको थियो । त्यो कार्यक्रममा हामीले राष्ट्रपतिसँग द्विपक्षीय भेटवार्ता भयाे  । त्यहाँ चीनका परराष्ट्रमन्त्री सहित चीनको उच्च तहको नेतृत्वसँग वार्ता भएको छ । हामीले नेपाल र चीनबिच रहेका समस्याबारे गम्भीररूपमा छलफल गर्यौं । त्यो छलफलपछि एसियाली खेलकुदको सिलसिलामा पनि प्रधानमन्त्रीज्यूको  सम्माननीय राष्ट्रपतिज्यूसँग छलफल भएको छ । त्यसपछि चीनका प्रधानमन्त्रीसँग बेइजिङमा दुई पक्षीय वार्ता भयो ।

यी सबै वार्ता र छलफलबाट नेपाल र चीनको सम्बन्धलाई अगाडि बढाउने सन्दर्भमा केही महत्त्वपूर्ण कामहरू भएका छन् । विशेष गरेर चीनले लामो समयदेखि दिँदै आएको अनुदानका परियोजनालाई अगाडि बढाउने काम भएको छ  । लामो समयसम्म कोभिड र भूकम्पका कारणले अवरुद्ध नेपाल चीन नाकाहरू खोल्न सहमति भएको छ ।  केही नाकालाई नियमित गरिने, केहीलाई स्तर वृद्धि गरिने छ । केही मौसमी नाकालाई खोल्ने सहमति गरिएको छ । सीमा क्षेत्रका जनताका लागि यो एक महत्त्वपूर्ण काम हो भन्ने हामीलाई लागेको छ ।

त्यसैगरी, दुई देशका बिचमा त्यति ठुलो सीमा विवाद त छैन तैपनि अद्यावधिक गर्न सीमा निरीक्षणका लागि दुवै देशका संयुक्त टोलीले निरीक्षण गर्ने सहमति भएको छ ।कृषिको क्षेत्रमा पनि केही महत्त्वपूर्ण उपलब्धिहरू भएका छन् । विशेष गरी कृषिका उत्पादनहरूको चीनमा निर्यात बढाई व्यापार घाटा कम  गर्न सक्छौँ भन्ने उद्देश्यले उन्नत जातका याक, चौँरी, च्याङ्ग्रा प्रजाति भित्र्याउने, राँगाको मासु, हाइलेजका नामले चिनिने सुक्खा घाँस, निर्यातलाई सहज बनाउन सहमति भएको छ । यसले नेपालमा कृषि उत्पादन एवं निर्यातमा थप ऊर्जा दिनेछ ।

नेपालमा उत्पादित निर्यातयोग्य वस्तुलाई  चीन निर्यात गर्दा कर छुट दिने विषयमा पनि सहमति भई समझदारी पत्र बनेको छ । यो पनि महत्त्वपूर्ण छ । यी सबै विषयका कारण प्रधानमन्त्रीको चीन भ्रमण पूर्णरूपले सफल भएको छ ।

चीनमा राष्ट्रपतिले प्रधानमन्त्री प्रचण्डलाई १ घण्टा समय दिएर कुराकानी भएको विषय छ । अपवाद भनिएको छ । यो समयमा राष्ट्रपतिसँग मुख्य के के विषयमा कुराकानी भयो ? 

चीनका प्रधानमन्त्रीले आमन्त्रण गर्नुभयो । उच्च महत्त्व दिएर भेटवार्ता गर्नुभयो । द्विपक्षीय वार्तामा पनि धेरै महत्त्वपूर्ण छलफल भएका छन् । नेपालले आफ्नो परिस्थितिलाई स्पष्ट रूपमा चीनसमक्ष राखेको छ । र चीनका राष्ट्रपतिले भूराजनीतिक परिस्थितिमा पनि विस्तृत  रूपमा व्याख्या गर्नुभएको छ । नेपालसँगको परम्परागत सम्बन्धको महत्वका बारेमा पनि बोल्नु भएको छ । उहाँको अभिव्यक्तिमार्फत प्रधानमन्त्री प्रचण्डसँग निकट सम्बन्ध रहेको कुरा पनि बुझ्न सकिन्छ । यी सबै दृष्टिले भेटघाट गरिमापूर्ण भयो र लामो समयसम्म छलफल चलेको हुनाले धेरै विषयका बारेमा छलफल भएको छ ।

राष्ट्रपतिज्यूसँगको छलफलका सन्दर्भमा पनि चीनले नेपाललाई महत्त्व दिएको देखिएको छ । भ्रमण दललाई जसरी सम्मान गरिएको छ, गार्ड अफ अनर जसरी दिइएको छ, यी सबै दृष्टिकोणबाट हेर्दा चीनले नेपाललाई उच्च महत्त्व दिएको छ भन्ने देखिन्छ । कृषिको क्षेत्रमा, प्रविधिको क्षेत्रमा, लगानीको क्षेत्रमा चीन नेपाललाई सहयोग गर्न चाहन्छ र चीनले नेपालभित्र भलो गर्न चाहन्छ भन्ने हामीले पाएका छौँ ।  नेपाललाई आर्थिक रूपमा मद्दत गर्न चाहन्छौँ भन्ने उहाँहरूको अभिव्यक्ति रहेको हामीले महसुस गर्‍यौँ  ।

यस पटक प्रधानमन्त्रीले कैलाश पर्वत र मानसरोवरको अवलोकन भ्रमण गर्नुभयो । नेपालको बाटो हुँदै यी स्थानमा पर्यटक भित्र्याएर नेपालले लाभ लिने स्थिति कस्तो पाउनु भयो ?

कैलाश मानसरोवर भनेको हिन्दु धर्मावलम्बीका लागि धार्मिक, सांस्कृतिक पर्यटकीय महत्त्व बोकेको क्षेत्र हो । अरबौँको सङ्ख्यामा रहेको हिन्दु धर्मावलम्बीहरू कैलाशको दर्शन गर्न चाहन्छन् र त्यसका लागि स्वाभाविक एउटा रुटको रूपमा हामीले नेपाललाई प्रयोग गर्ने वातावरण बनाउन सक्छौँ ।

अहिले पनि कैलाशसम्म आउनका लागि हिल्साको बाटो छोटो बाटोको रूपमा देखिन्छ । त्यसैगरी बझाङको उरहीबाट हामीले सेती नदी द्रुतमार्ग  बनाउन सक्यौँ भने ठुलो सङ्ख्यामा तीर्थयात्रीलाई भित्र्याउन सक्छोैं । त्यससँगै दार्चुलाको टिङ्गर नाका पनि उपयोगी हुन सक्छ । यो भ्रमणबाट हामीले मानसरोवर कैलाशको दर्शन गरेको मात्रै होइन, नेपालको विकासका सन्दर्भमा धार्मिक पर्यटनका दृष्टिकोणले नेपालको के कसरी हित गर्न सकिने सम्भावनाहरू खोल्न सकिनेछ भन्ने बारे वस्तुगत अध्ययन गरेका हौँ । स्थलगत अध्ययन भएको छ । यसबाट आउँदा दिनमा नेपालले आफ्नो बाटोबाट मानसरोवरसम्मको पहुँच स्थापित गर्न सक्छ र पूर्वाधारको विकास गर्न सक्छ भन्ने कुराका लागि वस्तुगत रूपमा हामीले स्थलगत अध्ययन गरेका छौँ ।

यस पटक ४ वर्षपछि प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको महासभामा गएर सम्बोधन गर्नुभएको छ । परराष्ट्रमन्त्रीज्यू पनि त्यहाँ  सहभागी हुनुहुन्थ्यो । त्यहाँबाट विश्व समुदायलाई नेपालले के सन्देश दिएको छ ?

संयुक्त राष्ट्र सङ्घको ७८ औँ महा सभामा प्रधानमन्त्रीले सम्बोधन गर्नुभयो । सम्बोधनमा राष्ट्रको दृष्टिकोण राख्नु भयो । समसामयिक विश्व राजनीतिबारे नेपालमा शान्ति प्रक्रिया गर्नेबारे नेपाल सरकारको प्रतिवृद्धताबारे । अति कम विकसित राष्ट्रको समूह (LDC) को अध्यक्षका रूपमा LDC का समस्या र समस्या समाधानमा विकसित राष्ट्रको दायित्ववारे त्यहाँ कुरा राख्यौँ । धेरै कोणबाट महासभामा हाम्रो सहभागिता महत्त्वपूर्ण रह्यो । मैले पनि LDC का मन्त्रीहरूको बैठकको अध्यक्षता गरी गहन छलफल भएका छन् । साइड लाइन बैठकमा धेरै देशका मन्त्रीसँग कुरा भएका छन् । गोप.

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया