कार्तिक २९, २०८३ आइतबार November 15, 2026

जनकपुरधामको गंगासागरमा तर्पण गर्नेहरूको घुइँचो

बुबा गुमाएका छोराहरूले पवित्र वनस्पति कुशको मोडा, तेकुशा, औठि हातमा धारण गरेर तिल सहित तर्पण गर्ने चलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः दिवङ्गत पितृ प्रति श्रद्धाभाव प्रकट गर्दै तर्पण गर्नेहरूको जनकपुरधामको प्रसिद्ध गंगासागरमा भिड देखिएको छ ।

बुबा गुमाएकाहरूले दिवङ्गत पितृ प्रति श्रद्धाभाव प्रकट गरेर पवित्र जल अर्पणका लागि धार्मिक महत्वको गंगासागरमा आज बिहान देखि नै भेला भएका थिए ।

यस दिन बुबा गुमाएका छोराहरूले पवित्र वनस्पति कुशको मोडा, तेकुशा, औठि हातमा धारण गरेर तिल सहित तर्पण गर्ने चलन रहेको छ । तर्पण करिब १६ दिनसम्म चल्ने भएकाले यसलाई सोह्र श्राद्ध पनि भन्ने चलन रहेको छ ।

पिता गुमाएका तिथिका दिनमा पिण्डदान सहित श्राद्ध कर्म गर्नुका साथै ब्राह्मण भोजन गराउने चलन रहेको छ । जनकपुरधामको गंगासागरमा तर्पण गर्नका लागि धनुषा, महोत्तरी, सर्लाही, सिराहा तथा सीमावर्ती भारतीय क्षेत्रबाट पनि ठुलो सङ्ख्यामा भक्तजनहरू आउने गरेका छन ।

प्रसिद्ध गंगासारगमा तर्पण गर्नाले पितृलाई विशेष तृप्ति मिल्ने जनविश्वास रहेकाले तर्पण गर्नेहरूको अत्याधिक भिड रहने गरेको छ ।  १६ दिनसम्म चल्ने सोह्र श्राद्ध अवधिभरि नै गंगासागसरमा नियमित तर्पण गर्न आउनेको भिड रहने गर्दछन् ।

यस अवधिमा मिथिलाको गाउँ गाउँमा पितृको तिथि परेका दिन भोज खुवाउने तथा खानेहरूको अत्यधिक चहलपहल रहने गर्दछन् । खास गरेर हिन्दुहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व सुरु हुनु भन्दा अगाडी नै दिवङ्गत पितृतहरुको सम्मान तथा दिवङ्गत आत्माको तृप्तिका लागि तर्पण, अन्नदान तथा सिधा दान गर्ने चलन रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार