असार २६, २०८२ बिहिबार July 10, 2025

नेपालमा हालसम्म ९६२०५ जनाको पिसिआर परीक्षण : स्वास्थ्य मन्त्रालय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२५ जेठ,काठमाडौं । कोरोनाको आशंकामा गत २४ घण्टामा ३ हजार ७ सय २८ जनाको पिसिआरबाट नमुना परीक्षण भएको छ।

नेपालमा हालसम्म २ लाख ४१ हजार २ सय ५४ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ९६ हजार २ सय ५ जनाको पिसिआर र १ लाख ४५ हजार ४९ जनाको आरडिटीबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बताए।

आईतबार २ सय १३ जना थपिएसँगै संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ। आईतबार रोल्पामा संक्रमित भेटिएसँगै संक्रमित जिल्लाको संख्या ७१ पुगेको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा २ सय ५९, प्रदेश २ मा १ हजार १ सय ६१, बागमतिमा ९२, गण्डकीमा १ सय ११, प्रदेश ५ मा १ हजार १ सय ८१, कर्णालीमा ६ सय ३३ र सुदूरपश्चिममा १ सय ११ जना संक्रमित छन्।

हालसम्म ४ सय ६७ जना उपचारपछि डिस्चार्ज भएको प्रवक्ता देवकोटाले जानकारी दिए। जसमध्ये १ सय २ जना आईतबार डिस्जार्च भएका हुन्। प्रदेश १ मा ९१, प्रदेश २ मा १ सय ८६, बागमतिमा ३२, गण्डकीमा ३, प्रदेश ५ मा १ सय ३३, कर्णालीमा ९ र सुदूरपश्चिममा १३ जना डिस्जार्च भएका हुन्।

यस्तै, प्रदेश १ मा १ सय ६८, प्रदेश २ मा ९ सय ७४, बागमतिमा ५७, गण्डकीमा १ सय ८, प्रदेश ५ मा ९ सय ४४, कर्णालीमा ६ सय २१ र सुदूरपश्चिममा ९६ जना गरी मुलुकभर २ हजार ९ सय ६८ जना अस्पतालको आईसोलेसनमा छन्।

मुलुकभर हाल १ हजार ७० हजार ७ सय ३२ जनालाई क्वारेन्टाइनमा राखिएको मन्त्रालयले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार