कार्तिक २९, २०८३ आइतबार November 15, 2026

कठरियासमुदायको पितृपाख सुरु

दिवङ्गत भएका आफ्ना पुर्खालाई पितृपाखमा पानी र छाकी (मदिरा) चढाएर पारिवारिक सुख, शान्तिको कामना गरिने प्रचलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ : कठरिया थारु समुदायको पितृपाख सुरु भएको छ । कैलालीसहित विभिन्न जिल्लामा बसोबास गर्ने यो समुदायका मानिसले आफ्ना पितृ, पुर्खाको सम्झनामा १५ दिनसम्म पितृपाख मनाउने गर्छन् ।

पितृको शान्ति तथा सम्झना गर्दै मनाइने पितृपाख शुक्रबारदेखि सुरु भएको कठरिया समुदायका अगुवा सुवेश कठरियाले जानकारी दिनुभयो । उहाँका अनुसार दिवङ्गत भएका आफ्ना पुर्खालाई पितृपाखमा पानी र छाकी (मदिरा) चढाएर पारिवारिक सुख, शान्तिको कामना गरिन्छ ।

पितृपाखको पहिलो दिन कृष्ण द्वितीया तिथिमा घर सरसफाइ र लिपपोत गरेर चिटिक्क पारिन्छ । त्यसपछि पितृभोगका लागि सन्ध्याकालीन समयमा माछा लगायत विभिन्न व्यञ्जन तयार पारी भोग लगाउने चलन रहेको सो समुदायका अगुवाहरूको भनाइ छ ।

यस्तै, माटोको देउतामा दियो बाली देउतालाई गङ्गासागर नुहाउन पठाउने र १५ दिनपछि दसैँसँगै खुसी, सुख, शान्ति लिएर आउनू भनी बिन्ती चढाउने गरिन्छ ।

देउतालाई सात समुद्र पारी गङ्गासागर नुहाउन पठाउँदा परिवारका लागि सुख, शान्ति ल्याउने र पितृलाई पनि शान्ति मिल्ने मान्यता रहिआएको कठरियाले बताउनुभयो । उहाँले कठरिया समुदायको यो एउटा महत्त्वपूर्ण पितृपूजा रहेको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार