काठमाडौं :वैदेशिक रोजगारीका लागि नक्कली कागजपत्र बनाई जापान पठाउने १४ वटा संस्थालाई वैदेशिक रोजगार विभागले निलम्बन गरेको छ।
विभागको सोमबार बसेको बैठकले उजुरीको आधारमा ती संस्थालाई निलम्बन गरेको हो।
वैदेशिक रोजगार विभागका प्रवक्ता कविराज उप्रेतीका अनुसार उनीहरुलाई उजुरीका आधारमा अनुसन्धान जारी भइरहेको बताइएको छ । सो अनुसार संलग्नता देखिएको आधारमा यी संस्थालाई निलम्बन गरी अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिएका छन् ।
यस कार्यमा अन्य संस्था समेत संलग्न रहेको सम्बन्धमा भने अनुसन्धान जारी रहेको समेत विभागले जनाएको छ । जापानी भाषा तथा संस्कृतिको तालिममा यस्तो प्रमाणपत्र पेश भएको विभागको भनाइ छ ।
हेर्नुहोस् विज्ञप्तिः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया