कार्तिक २८, २०८३ शनिबार November 14, 2026

राष्ट्रपति पौडेलसमक्ष अख्तियारले बुझायो वार्षिक प्रतिवेदन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ३३औँ वार्षिक प्रतिवेदन पेस गरेको छ। आयोगका प्रमुख आयुक्त प्रेम राईले राष्ट्रपतिको कार्यालयमा सोमबार आयोजित समारोहबीच वार्षिक प्रतिवेदन पेस गरेका हुन्।

आयोगका अनुसार गत आर्थिक वर्ष ०७९–८० मा एक सय ६२ मुद्दामा सात सय ६६ जनालाई प्रतिवादी बनाई मुद्दा दायर गरिएको छ। प्रतिवादीमध्ये छ सय २२ जना पुरुष र एक सय ३८ महिला छन्।

गत आवमा आयोगमा विभिन्न माध्यमबाट कुल २० हजार नौ सय पाँच उजुरी परेको थियो। साथै, अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका सात हजार एक सय ६२ उजुरीसहित कारबाही गर्नुपर्ने २८ हजार ६७ उजुरी थिए।

प्राप्त उजुरीमध्ये सबैभन्दा बढी संघीय मामिला (स्थानीय तहसमेत)सँग सम्बन्धित ३५.९५ प्रतिशत छन्। साथै, शिक्षा (स्थानीय तहसमेत) १४.५५ प्रतिशत, भूमि प्रशासनसँग सम्बन्धित ६.०९ प्रतिशत, वन तथा वातावरणसँग सम्बन्धित ४.१४ प्रतिशत र स्वास्थ्य तथा जनसंख्यासँग सम्बन्धित ३.१२ प्रतिशत उजुरी छन्।

आयोगका अनुसार भौतिक पूर्वाधार तथा यातायातसँग सम्बन्धित ४.१० प्रतिशत, गृह प्रशासनसँग सम्बन्धित ३.५८ प्रतिशत र पर्यटन, उद्योग तथा वाणिज्यसँग सम्बन्धित २.७१ प्रतिशत उजुरी परेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार