कार्तिक २८, २०८३ शनिबार November 14, 2026

मुलुकमा आर्थिक परिर्वतन जरुरी छः पुर्व राष्ट्रपति यादव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः पुर्व राष्ट्रपति डा. रामबरण यादवले मुलुकमा महत्वपूर्ण राजनैतिक उपलब्धि हासिल भइसकेकाले अब आर्थिक परिर्वतनको आवश्यकता रहेको बताउनुभएको छ ।

आज पश्चिम नवलपरासीको प्रतापपुर गाँउपालिकामा निर्मित विपि कोइरालाको शालिक अनावरण कार्यक्रममा बोल्दै उहाँले नयाँ संविधान जारी भएसँगै मुलुकले महत्वपूर्ण उपलब्धि हासिल गरेकाले अब आर्थिक क्रान्तिको आवश्यकता रहेको बताउनुभयो ।

सबै वर्ग जातजाति, भाषा, धर्मलाई अहिलेको संविधानले समेटेको उल्लेख गर्दे उहाँले संविधानको कार्यान्व्यनको पाटो भने पेचिलो बन्दै गएको बताउनुभयो ।

दलहरुले संविधानको पुर्ण कार्यान्वयनका लागी भुमिका खेल्नुपर्नेमा जोड दिनुहुँदै पुर्व राष्ट्रपति यादवले जनताले त्यसलाई खबरदारी गर्नुपर्ने बताउनुभयो । ‘जनताले वाचडगको रुपमा काम गर्नुपर्छ, दलहरुले बाटो विराउन सक्छन् खबरदारी निरन्तर जरुरी छ यादवले भन्नुभयो ।’

फरक प्रसंगमा पुर्व राष्ट्रपति यादवले अहिले चुरे क्षेत्र दोहन भइरहेको बताउँदै त्यस्को नियन्त्रण गर्न नसके अन्नभण्डार तराईको भुमि मरुभूमिका परिणत हुने चिन्ता व्यक्त गर्नुभयो । ‘सरकारले चुरे क्षेत्र संरक्षणमा प्रभावकारी काम गर्न सकेको छैन् यादवले भन्नुभयो, अब चुरे दोहन रोकिएन् भने तराई मरुभूमिका परिणत हुन्छ ।’

पछिल्लो समय मुलुक भित्र उत्पादन घटेर विदेश बाट आयात वृद्धि भएको प्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । विगतमा विदेश समान निर्यात गर्ने मुलुक अहिले हरेक कुरा आयातमा निर्भर भएको बताउदै उहाँले नेपाली जनतामा काम गर्ने प्रवृत्ति हराउदै जानु सुखद संकेत नभएको भन्दै चिन्ता व्यक्त गर्नुभयो  ।

शालिक अनवारणपछि आयोजित कार्यक्रममा बोल्दै काग्रेल लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले प्राप्त उपलब्धि संस्थागत गर्न दलहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो । महामन्त्री विक्रम खनालले दलहरुले आ–आफ्नो एजेन्डाको साथ राजनिति गरेपनि राष्ट्रका मुलुभुत एजेन्डामा एक साथ रहदै आएको उल्लेख गर्नुभयो । नेकपा माओवादी केन्द्रकि केन्द्रिय सदस्य दुलारी हरिजनले मुलुकमा परिर्वतन आएपनि महिलालाई हेर्ने दृष्टिकोणमा अझै परिर्वतन आउन नसकेको उल्लेख गर्नुभयो ।

प्रतापपुर गाउँपालिकाले सुर्यपुरामा १० लाखको लगानीमा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विपि कोईरालाको अर्धकदको शालिक निर्माण गरेको गाँउपालिका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार