काठमाडौंः विवादास्पद अभिव्यक्ति दिने धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् ।
उनले केही दिन अगाडि विवादास्पद अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई मंगलबार सुनसरीको चक्रघट्टीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सुनसरी प्रहरीका प्रवक्ता डिएसपी नविन कृष्ण भण्डारीले प्रहरी श्रीनिवासलाई प्रहरी कार्यालयमा उपस्थित गराउन नियन्त्रणमा लिइएको बताए ।
श्री निवास यसअघि २०७६ सालमा आफैंलाई गोली हान्न लगाएको आरोपमा समेत पक्राउ परेका थिए ।
उनले जनकपुरमा गाई काट्नेलाई हत्या गरी आउनेको परिवारलाई लालनपालन र जेलमासमेत संरक्षण गर्ने अभिव्यक्ति दिएका थिए ।
उनले हातमा खुकुरी बोकेर भनेका थिए, ‘गौहत्या गर्नेलाई हत्या गरेर कोही आउँछ भने उसको म सम्पूर्ण सुरक्षा गर्नेछु । राज्यले अपराधी करार गरेर समातेको खण्डमा म उसको सबै परिवारको पालन पोषण गर्छु ।’ उनका पछिल्ला अभिब्यक्ति धार्मिक हिंसा भड्काउने देखिएपछी प्रसासनले नियन्त्रणमा लिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया