कार्तिक २८, २०८३ शनिबार November 14, 2026

प्रतिकुल मौसमले सबै उडान रद्द, विमानस्थलमा यात्रुको भीड

काठमाडौंबाट हुने सबै माउन्टेन फ्लाइट रद्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः खराब मौसमका कारण बुधबार आन्तरिक उडान प्रभावित भएको छ । आइतबार काठमाडौंबाट हुने सबै माउन्टेन फ्लाइट रद्द भएको छ ।

काठमाडौँ विमानस्थलबाट हरेक दिन विहान हुने उक्त उडान आज भने एउटा पनि भएन । आन्तरिक वायुसेवाले दैनिक पर्यटकीय सेवाका लागि यो उडान गर्दै आएका छन ।

मौसमको खराबीका कारण काठमाडौंबाट हुने आन्तरिक उडान प्रभावित भइरहेको छ । बुधबार काठमाडौैबाट हुने पोखरा, भरतपुर र तुम्लिङटारको उडान प्रभावित भएको छ । विहान मौसम खुलेको समयमा पोखराबाट ५ वटा उडान काठमाडौं आयो भने ४ वटा मात्रै पोखरामा अवतरण गर्न सकेको छ भने अन्य उडान हुन नसकेको बुद्ध एयरका सञ्चार संयोजक दीपेन्द्र कर्णले बताए।

उनका अनुसार भरतपुरमा एउटा मात्रै उडान हुन सक्यो भने तुम्लिङटारमा एउटै पनि उडान हुन सकेन । अन्य विमानस्थलमा भने ढिलो गरेर भएपनि उडान भइरहेको छ ।

पोखरामा उडान हुन नसक्दा अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको भिड बढेको छ । पोखराबाट पनि काठमाडौं आउन नसकेको कारण वायसेवा कम्पनीलाई यात्रुको व्यवस्थापन मिलाउन गाह्रो भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार