भाद्र ७, २०८३ आइतबार August 23, 2026

गण्डकी प्रदेश सभामा चारवटै विषयगत समितिका सभापति चयन

काँग्रेस, एमाले र माओवादीबिच सहमतिपछि विषयगत समितिका सभापतिहरूको टुङ्गो लाग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गण्डकी प्रदेश सभामा कायम रहने ४ वटै विषयगत समितिको सभापति चयन गरिएका छन् ।

शनिवार भएको विषयगत समितिका सभापतिको निर्वाचनमा सबै समितिका सभापति सर्वसम्मत चयन भएका हुन् । काँग्रेस, एमाले र माओवादीबिच सहमति भएपछि विषयगत समितिका सभापतिहरूको टुङ्गो लागेको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट सार्वजनिक लेखा समितिको सभापतिमा स्याङ्जाका सांसद सुधीर कुमार पौडेल, नेपाली काँग्रेसको तर्फबाट प्रदेश मामिला तथा कानुन समितिको सभापतिमा बागलुङका सांसद चम्फादेवी खड्का र अर्थ तथा विकास समितिको सभापतिमा भोजराज अर्याल चयन हुनुभएको छ ।

माओवादीको तर्फबाट सामाजिक विकास तथा कृषि समितिको सभापतिमा गोरखाका फणिन्द्र देवकोटा चयन हुनुभएको छ । समितिका सभापतिहरूको आइतबार बिहान सपथ ग्रहण हुने कार्यक्रम छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने
२०८३ भाद्र ७, आइतबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ’- मन्त्री रावल
२०८३ भाद्र ७, आइतबार
सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
२०८३ भाद्र ७, आइतबार
‘न्याय सम्पादनमा बार र बेञ्चको महत्त्वपूर्ण भूमिका हुन्छ’ : प्रधानन्यायाधीश शर्मा
२०८३ भाद्र ७, आइतबार
‘ओलीको विकल्प खोज्ने बेला भएको छैन, विधि र प्रक्रियाबाटै नेतृत्व परिवर्तन हुन्छ’ : महासचिव, शंकर पोखरेल (अन्तवार्ता)
२०८३ भाद्र ७, आइतबार
पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात
२०८३ भाद्र ७, आइतबार
ला लिगामा रियल म्याड्रिडको विजयी शुरुवात
२०८३ भाद्र ७, आइतबार