भाद्र ७, २०८३ आइतबार August 23, 2026

‘भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ’- मन्त्री रावल

भूमिसम्बन्धी समस्या समाधान उच्च प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कञ्चनपुर, ७ भदौ : भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिसम्बन्धी समस्या समाधानका लागि तीनै तहका सरकार जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा आज आयोजित कार्यक्रममा उहाँले भूमिसम्बन्धी समस्या समाधान उच्च प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको स्पष्ट पार्दै प्रदेश र स्थानीय सरकारबाट सोहीअनुरूपको सहयोग हुनुपर्ने बताउनुभयो ।

मन्त्री रावलले भन्नुभयो, “एउटा सरकारले सहयोग नगर्दा पुरै पालिकामा सुकुम्बासीको लालपूर्जा वितरण रोकिन सक्छ ।” उहाँले पालिकामा देखिएका समस्या समाधानका लागि नीतिगत सुधारका लागि छलफल भएको बताउनुभयो । “पीडितका समस्याहरू समयमै जानकारीमा आएको भए अहिलेसम्म समाधानमा गइसकेको हुन्थ्यो”, उहाँले भन्नुभयो, “पीडितका हकमा जुनुसुकै दलमा आस्था राख्ने भए पनि हामी एक ठाउँमा हुनुपर्छ ।” उहाँले पीडितको न्योयोचित सम्बोधन हुने कुरामा ढुक्क हुन आग्रह गर्नुभयो ।

मन्त्री रावलले आज जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा भूमि प्रशासन कार्यालय, नापी कार्यालयलगायत पालिकाका प्रमुखहरू भूमिसम्बन्धी समस्या समाधानका लागि छलफल गर्नुभएको थियो । उहाँले महेन्द्रनगरस्थित निर्माणाधिन अवस्थामा रहेको मझगाउँ विमानस्थल र दोधारा चाँदनीस्थित सुक्खा बन्दरगाहको स्थलगत अवलोकन गर्नुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने
२०८३ भाद्र ७, आइतबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ’- मन्त्री रावल
२०८३ भाद्र ७, आइतबार
सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
२०८३ भाद्र ७, आइतबार
‘न्याय सम्पादनमा बार र बेञ्चको महत्त्वपूर्ण भूमिका हुन्छ’ : प्रधानन्यायाधीश शर्मा
२०८३ भाद्र ७, आइतबार
‘ओलीको विकल्प खोज्ने बेला भएको छैन, विधि र प्रक्रियाबाटै नेतृत्व परिवर्तन हुन्छ’ : महासचिव, शंकर पोखरेल (अन्तवार्ता)
२०८३ भाद्र ७, आइतबार
पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात
२०८३ भाद्र ७, आइतबार
ला लिगामा रियल म्याड्रिडको विजयी शुरुवात
२०८३ भाद्र ७, आइतबार