असार २६, २०८२ बिहिबार July 10, 2025

सप्तरीमा थप १६ जनामा कोरोना संक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२६ जेठ, काठमाडौ। सप्तरीको बलान बिहुल गाउँपालिकाका १६ जनामा कोरोनाभाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको नमूना परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले जानकारी दिए। संक्रमितहरूमा वडा नम्बर ५ का ७ जना, वडा नम्बर ३ का ५ जना, वडा नम्बर ४ का ३ जना र वडा नम्बर २ का १ जना छन्।

उनीहरूलाई राजविराजस्थित साइकृष्णा मेडिकल कलेजको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ। संक्रमित देखिएका सबै भारतबाट आएर क्वारेन्टिनमा बसेका व्यक्तिहरु हुन् ।

१६ जना संक्रमित देखिएसँगै सप्तरीमा मात्रै संक्रमितको संख्या ९३ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया