२६ जेठ, काठमाडौं । स्याङजाको वालिङ नगरपालिकाका ६० वर्षीय कोरोना संक्रमित एक पुरुषको पोखरामा मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले एक विज्ञप्ति जारी गर्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशन कक्षमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ ।
निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले यही जेठ २२ गतेदेखि अस्पतालको प्रि–आइसोलेसन कक्षमा उपचार गराइरहेका ती व्यक्तिको प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार साँझ कोरोना पोजिटिभ देखिएपछि आइसोलेसन कक्षमा सारिएको थियो । उनी मिर्गौला, मधुमेहलगायतका रोगको बिरामी भएको बताइन्छ ।
‘गण्डकी प्रदेस, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा हिजो कोरोना संक्रमणको कारण आईसोलेसनमा भर्ना गरिएका स्याङ्जा जिल्ला, वालिङ नगरपालिका स्थायी ठेगाना भएका बर्ष ६० का १ जना पुरुषको मृत्युको पुष्टि भएको व्यहोरा अनुरोध छ’, स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया